वैशाख ११, कोरोना भाइरस संक्रमणका कारण धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत अंशु सापकोटाको रिपोर्ट नेगेटिभ आएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा उनको नतिजा नेगेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।
४ पटकसम्म ती युवतीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको भोली पुन स्वाब परीक्षण गर्दा नेगेटिभ आएमा उनलाई घर पठाइने छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ती युवतीमा चैत १५ गते कोरोनाभाइरस पोजेटिभ देखिएको थियो ।
