वैशाख १०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा, विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका भुल्केका नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य रहेका छन ।
मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना (११ भारतीय र एक नेपालीमा) ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो । उनीहरु टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा थिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जस मध्ये ७ जना निको भइसकेका छन् ।