पोखरामा ‘एक्सेस’को ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’, एकै ठाऊँमा १२ कलेजको सहभागिता

पोखरा ।

एक्सेस एजुकेशन नेटवर्क प्रालिले ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’ गर्ने भएको छ । जनवरी १४ अर्थात पुस २९ गते हुने एजुकेशन फेयरमा न्यूजिल्याण्डका १२ वटा कलेजहरुको सहभागिता रहने एक्सेसले जानकारी दिएको छ ।

‘अध्ययनकालागि न्यूजिल्याण्ड जानचाहने विद्यार्थीहरुकालागि यो फेयर साँच्चै फलदायीहुनेछ । कारण, उनीहरुले एकै ठाऊँमा १२ भन्दा बढि कलेजकाप्रतिनीधिहरुलाई प्रत्यक्ष भेटेर जानकारी लिन सक्छन् ।’ एक्सेस एजुकेशन नेटवर्क पोखराकानिर्देशक राजन भण्डारीले भने–‘त्यसैले धेरै भन्दा धेरै विद्यार्थीहरुले फेयरमा सहभागिताजनाउन् भन्ने हामी चाहन्छौँ ।’

विद्यार्थीहरुले निशुल्क रुपमा यो फेयरमा सहभागिताजनाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको कार्यालय रहेको सिद्धार्थचोकस्थित ‘रुपाकोट कम्प्लेक्स’मा यो फेयर हुने कम्पनीकाअर्का निर्देशकविजयअधिकारीले जानकारी दिए । ‘विद्यार्थीहरुले फेयरको क्रममाकलेज यूनिभर्सिटीको बारेमा जानकारी लिनुसँगै त्यहीँबाट अप्लाइपनि गर्न सक्छन् ।’–‘त्यो बाहेक फेयरमा आएकाविद्यार्थीहरुले न्यूजिल्याण्ड अध्ययनको क्रममापाईने छात्रवृत्तिको विषयमापनिजान्न सक्नेछन् ।’

त्यस्तै फेयरमा अफिसियल बैंकको रुपमानबिल बैंक पनि रहने कम्पनीले जनाएको छ । बैंकको स्टलमार्फत विद्यार्थीहरुले न्यूजिल्याण्ड जानआवश्यक शैक्षिककर्जाको विषयमाजानकारी लिन सक्नेछन् ।

कम्पनीले फेयरमा आउने पहिलो १ सय जनाविद्यार्थीहरुलाई विभिन्नगिफ्ट ह्याम्परको व्यवस्था समेत गरेको छ । एक्सेस एजुकेशन नेटवर्कले विशेषगरि न्यूजिल्याण्ड जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । एक्सेस न्यूजिल्याण्डका प्रतिष्ठित कलेज तथायूनिभर्सिटीहरुको आधिकारिक एजेन्सी पनिहो ।