पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपा कास्कीद्वारा मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदाको माग गर्दै शुक्रबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा नेपाललाई ४ जात ३६ वर्णको साझा पूmबारी र मालाको संज्ञा दिएर एकीकरणको महा अभियान चालेका राष्ट्रनिर्मातालाई विर्सन खोज्नुले देश जर्जर अवस्थामा पुगेको हो कि भन्ने आम नेपालीहरुले महसुस गरेको उल्लेख गरिएको छ ।

देशमा एकता कायम गर्नको लागि भए पनि पुस २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाइनु पर्ने राप्रपा कास्कीको ठहर छ ।

देशलाई टुक्रिन दिन हुँदैन भन्ने नीति वर्तमान सरकार र स्वयं प्रधानमन्त्रीको पनि रहेकोमा हामी आम नेपाली विश्वस्त छौं र गर्व पनि गरिरहेका छौं– ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्र बुझाउन केन्द्रीय सदस्यहरु तथा जिल्ला स्थित नेता तथा कार्यकर्ताहरु मुख्य मन्त्री कार्यालय पुगेको राप्रपा कास्कीका सहसचिव तथा प्रचार विभाग केन्द्रीय सदस्य सुर्य बास्तोलाले जानकारी दिनुभयो ।