पिसजोनका विद्यार्थीले गरे वृद्धाश्रमको अवलोकन

पोखरा ।

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीहरूले वृद्धाश्रममा भोजन खुवाएका छन् । सामाजिक सप्ताहा अन्तर्गत कक्षा ८,९ र १० का विद्यार्थीहरूले पोखरा १७ सितापाइलामा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई एक छाक खाना र फलफुल खुवाएको विद्यालयका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए ।

वृद्धाश्रममा पुगेपछि विद्यार्थीहरुले त्यहाँ वृद्धवृद्धाहरूका अनुभव, अनुभूति,पृष्ठभूमि र वृद्धाश्रम आउनुको कारणबारे जिज्ञासा एवम् छलफल गरेका थिए । विद्यालयका संस्थापक दाहालले भविष्यमा कोही पनि छोराछोरी विद्यार्थीहरुले आफ्ना आफन्तहरु, आमा, बुबा, परिवारजनलाई वृद्धाश्रमा नल्याउने प्रतिबद्धता जनाएको जानकारी दिए ।

भविष्यमा कुनै पनि छोराछोरीका कारण अभिभावकहरू वृद्धाश्रममा आउनु नपरोस् भन्ने कामना गर्दै विद्यालयको तर्फबाट सक्दो सहयोग गरिएको हो । वृद्धाश्रममा गएर खाना खुवाएको विद्यालयको तर्फबाट छैटौँ वर्ष भएको भन्दै दाहालले विद्यालयले समाजिक उत्तरदायित्व बहन अन्तर्गत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने बताए ।

वृद्धाश्रममा भोजन गराएपछि विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्दै दाहालले आगामी दिनमा पनि विद्यालयको तर्फबाट वृद्धाश्रममा सहयोग गरिरहने प्रतिवद्धाता जनाए । सो अवसरमा शिक्षक कर्मचारी विद्यार्थीहरुले वृद्धवृद्धाहरुसँग गीत गाउने, चाच्ने अनुभव आदानप्रदान साटासाट गरेका सामाजिक शिक्षक चन्दन लिम्बूले जानकारी दिए ।