धादिङ पारिवारिक समाजमा माधव

पोखरा ।

धादिङ पारिवारिक समाज पोखरा ६ मा माधव लम्साल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । समाजको ५ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कुमार आचार्य, सचिवमा टीकाराम लम्साल, कोषाध्यक्षमा टीकाबहादुर लम्साल, सहसचिवमा

बबिता मल्ल इटनी चयन भएको निर्वाचन अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए । समाजको सदस्यमा सुशील ढकाल, सरोज अर्याल, जगतनारायण श्रेष्ठ, रामहरि भट्ट, रामकुमार श्रेष्ठ र राजन श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समिति सदस्य गोकर्ण लम्सालले जनाएका छन् । धादिङ पारिवारिक समाजको सभामा छाता संस्था धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले भाइचाराको विकास गर्न यस्ता समाजले सकारात्मक भूमिका खेल्ने बताए ।

समाजका अध्यक्ष इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभामा अध्यक्ष कृष्णबहादुरले पोखराको विकास र साथीभाइलाई सहयोग गर्ने सवालमा सिंगो समाज पछि नहटेको बताए । उनले पोखरामा विनाकारण कसैको हप्की र दप्कीमा नपर्न जिल्लाबासीलाई अनुरोध गरे । समाजका संस्थापक अध्यक्ष कृष्णकुमार श्रेष्ठले मैत्रीभाव सिर्जना गरी समाजलाई अघि बढाउन नयाँ नेतृत्वलाई सुझाव दिए ।

सचिव कुमार आचार्यको सञ्चालनमा रहेको कार्यक्रममा धादिङ पोखरा सम्पर्क समाजका सल्लाहकार केदार धमला, समाजका सचिव सरस्वती श्रेष्ठ, पर्यटन व्यवसायी शेरबहादुर अधिकारी, कृष्णप्रसाद इटनी लगायतले व्यक्तिको भन्दा पनि समाजको हितमा नेतृत्वले काम गर्नु पर्नेमा जोड दिएका थिए । पारिवारिक समाजका उपाध्यक्ष माधव लम्सालले स्वागत गरेको सभामा सचिव कुमार आचार्यले वर्षिक प्रगति विवरण सुनाएका थिए ।

समाजले गाउँलाई सम्झेर आफ्नो परम्परा र संस्कृतिलाई जोगाउनु पहिलो कर्तव्य हुने उल्लेख गरेको छ । समाजमा लेकसाइडमा बस्ने करिव ९० घर घुरीका परिवार आवद्ध छन् । समाजले शिक्षा, स्वास्थ्य, पर्यटन व्यवसाय, वक्तृत्वकला, खेलकुद लगायत क्षेत्रमा उत्कृष्ठ हुने व्यक्ति वा समूहलाई सम्मान गर्दै आएको छ ।