प्रदेशका सभामुखहरुको भेला पोखरामा हुने

पोखरा ।

प्रदेशका सभामुखहरुको भेला पोखरामा हुने भएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले ७ वटै प्रदेशका सभामुख तथा उप—सभामुखहरु बिचको भेला हुने भएको जानकारी दिएका हुन् ।

उनले गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा वारजोन स्थापना गर्ने पनि बताएका छन् । हरेक जिल्लाको गतिविधि जानकारी लिनको लागि अब छिट्टै वारजोन स्थापना गर्ने भएको अधिकारीले बताए ।

यूएनडीपीको सहयोमा प्रदेशका जिल्लाहरुमा वारजोन स्थापना गर्ने भएको उनले जनाए । बताए । श्रमजीवी पत्रकारहरुको विधयेक आएको भए पनि हालसम्म पास हुन नसकेको सभामुख अधिकारीले बताए ।

श्रमजीवी पत्रकारको जटिल समस्या रहेको उल्लेख गर्दै सभामुख अधिकारीले प्रदेश सभाको तर्फबाट संसदीय पत्रकारहरुको हकमा सहयोग गर्न सकिने जनाए । अब सामुहिक हिसाबले बसेर श्रमजीवी पत्रकारलाई सेवा सुविधा दिने यस बिषयमा छलफल गर्नुपर्ने उनले जनाए । बजेट माथिमा भर पर्ने भएकोले गर्दा कतिपय योजनाहरु बजेटको कारण प्रभावित हुने उनले गुनासो गरे ।

संसदका कुनै पनि गतिविधिका सुचना पाउने अधिकार पत्रकारलाई भएको सभामुख अधिकारीले बताए । उनले भने “संसदीय पद्धती, संसदीय व्यवस्थामा संसद सर्वमान्य हुदैछ, अब संसदीय पत्रकार पनि सर्वमान्य हुनुपर्छ , यसमा पत्रकारले वस्तुगत, यथार्थपरक, तथ्यपुरक विषय बस्तु जनता माझ दिन सक्नुपर्छ । ”

नेपाल पत्रकार महासंघ गण्डकीका सचिव इन्द्र पौडेलले कर्मचारी तन्त्रले संघियता कान्वयनमा असर पारेको आरोप लगाए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारका धेरै संघ संस्था भए पनि पत्रकारको हकहित र उनीहरुको क्षमता अभिवृद्धि गर्ने काममा खासै ध्यान नपुगेको बताए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले विट पत्रकारिताको माग बढि राखेको अवस्थामा दक्ष पत्रकारको कमी भएको बताए । सञ्चारिक समुह पश्चिमाञ्चलकी अध्यक्ष स्मिता अधिकारीले सरकारी कर्मचारीहरुलाई प्रेस जगतको महत्व बिषयमा प्रशिक्षण गराउनु पर्ने बताइन्।

मञ्चका अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष भरत कोइराला, सचिव विशन क्षेत्री, कोषाध्यक्ष रोहितराज पराजुली लगायतले वोलेका थिए । मञ्चमा हाल २१ जना पत्रकार आवद्ध रहेकाछन्। मञ्चले नयाँ सदस्यता समेत खुल्ला गर्ने भएको छ ।