पोखरा ।
खेलकुद मन्त्री जगत विकले सागका लागि भौतिक पुर्वाधारहरुको कुनै कमि हुन नदिने बताएका छन् । १३ औं संस्करणको रुपमा तेस्रो पटक नेपालले आयोजनाको जिम्मेवारी आएको उल्लेख गर्दै नेपाल र नेपालीको प्रतिष्ठाको विषय भएकोले भौतिक पुर्वाधारमा कुनै कम हुन नदिने बताए ।
उनले पुर्वाधार लगभग तयार भईसकेको बताउदै केही पुर्वाधारलाई मंसिर पहिलो साताभित्रमा सकिने पोखरा शनिबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । उनले पहिलेको सरकारले तयारी नगर्दा अहिलेको सरकारले छोटो समयमा धेरै तयारी गर्नु पर्ने बाध्यता आएको बताए ।
उनले पोखरामा भौतिक पुर्वाधार सन्तोष जनाक भएको बताए । उनले महिला फुटलब सहित ९ वटा खेल नै पोखरामा हुने बताए । उनले आयोजना गर्नु मात्रै नभएर पदक पनि जित्ने लक्ष्यका साथ केही खेलका खेलाडी विदेशमा प्रशिक्षण रहेको बताए ।
सागका २७ खेलमध्ये पोखरामा महिला फुटबलसँगै, क्रिकेट, आर्चरी, भारोत्तोलन, विच भलिबल, व्याडमिन्टन, ट्रायथोलन, ह्याण्डबल र प्याराग्लाइडिङ हुने छन् । मन्त्री विकले पोखराका तयारीका बारेमा सम्बन्धीत समिति सगँ छलफल गरेका थिए ।