वडा नं. ७ र १७ मा ई.धर्मराज गुरुङलाई जिताउन कार्यालय स्थापना

पोखरा ।

कास्की क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएका ई.धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयी गराउन वडा नं.७ र १७ मा निर्वाचन परिचालन कार्यलय स्थापना गरिएको छ ।वडा नं.७ मा रत्नचोक र वडा नं.१७ मा हिमाली टोलमा स्थापना गरिएको कार्यलयको उम्मेदवार ई.धर्मराज गुरुङले उदघाटन गर्नुभएको हो ।

वडा नं.७ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार ई.गुरुङले विकासको अत्यन्तै सम्भावना भएको मुलुक अहिलेसम्मका शासक र जनताको मतको दुरुपयोग गर्नेहरुले लुटतन्त्र मच्चाएकाले जनताले अब इमान्दार प्रतिनिधि चयन गर्न आव्हान गर्नुभयो। आफुमा कुनै लोभलालच नभएको र मुलुक निर्माणकै लागि आफ्नो उम्मेदवारी भएकाले हात चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।

यसरी नै वडा नं.१७ को कार्यक्रममा उम्मेदवार गुरुङले भारतले नेपाल लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको भुभाग मिचेकोमा बिरोध जनाउदै राष्ट्रियताका लागी सबै नेपाली एक हुनुपर्ने बताउनुभयो । तर भारतिय हस्तक्षेप बिरुद्ध आवाज उठाउनेलाई नेकपा सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउनु भयो। उम्मेदवार गुरुङले आफ्नो उम्मेदवारी समान कानुन, सुशासन, समृद्ध मुलुक निर्माण, सिस्टममा चल्ने मुलुक र बिदेशमा बटुलेको अनुभव मुलुकको लागि लगानी गर्न हो भन्नुभयो ।

वडा नं.७ मा आयोजित कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाई यो निर्वाचन देश निमार्ण गर्ने चुनाव हो, देशद्रोही पार्टीहरु र अक्षम नेताहरुलाई कारवाही गर्ने र न्याय अन्याय विचको निर्वाचन भएकाले मतदाताले आफ्नो र मुलुकको भविष्यको बारेमा सोचेर मतदान गर्नुपर्ने आग्रह गर्नुभयो।

समाजवादी पार्टी वडा नं.७ की अध्यक्ष रितु घलेको अध्यक्षतामा भएको कार्यक्रममा दिपक लामिछानेले स्वागत र दिलिप गुरुङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सुवेदार मेजर नौबहादुर गुरुङले हात चिन्हमा भोट किन भन्ने चुनावी कविता प्रस्तुत गर्नुभएको थियो।

यसरी नै समाजवादी पार्टी वडा नं. १७ का वडाध्यक्ष झक बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्राममा प्रदेश अध्यक्ष मोति रिजाल, तमुवान राष्ट्रिय समितिका अध्यक्ष हुमबहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो भने दिपक भण्डारीले स्वागत र टिकाराम पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा नेतृ तथा राष्ट्रिय कलाकर पार्वती जिसीले धर्मराज गुरुङ जिताउ हात चिन्हमा मतदान गरौं भन्दै गीत प्रस्तुत गर्नुभएको थियो । यसै बिच चुनावी अभियानलाई शसक्त बनाउन झक बहादुर भण्डारीको संयोजकत्वमा १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिती गठन गरिएको छ ।