पोखरा ८ मा निर्वाचन परिचालन कार्यालय स्थापना

पोखरा ।

नेपाल कम्यूनिष्ट पार्टीले कास्की क्षेत्र नम्वर २ उपनिर्वाचन परिचालन कमिटिको पोखरा ८ को कार्यालय स्थापना गरेको छ । मंसिर १४ गते हुने निर्वाचनमा आफना उम्मेदवारलाई विजयी गराउने पार्टी कामलाई व्यवस्थित गर्ने उद्देश्यले पोखरा ८ मा कार्यालय स्थापना गरेको हो । कार्यालयको नेकपा केन्द्रीय सदस्य एवं कास्की जिल्ला सहइन्चार्ज शारदाप्रसाद सुदेवीले गरे । कार्यक्रममा बोल्दै उनले कम्यूनिष्ट सरकारले जनताको विकास र समृद्धिको सपनालाई साकार बनाउने गरि अगाडी बढेको बताए ।

उनले देशको विकास र समृद्धिको लागि कम्यूनिष्टहरुको नेतृत्व आवश्यक रहेको बताउदै त्यसका लागि सरकारले गरेका कामको अनुमोदन र बाँकी काम पुरा गर्न उपनिर्वाचनमा नेकपाका उम्मेदवारलाई अमत्याधिक मतले विजयी गराउर्नुपर्नैमा जोड दिए । नेपालमा लामो समय नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेपनि देशले विकासको अनुभुति गर्न नपाएको उल्लेख गदै कम्यूनिष्टको सरकारले विकासको गतिलाई तिव्र रुपमा अगाडी बढाएको बताए। कास्की क्षेत्र नम्वर २ मा रवीन्द्र अधिकारीले छोडेर गएका अधुरा सपना पुरा गराउन विद्या भटराई अधिकारीलाई जिताउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विद्या भटराई अधिकारी सधै राजनीतिमा क्रियाशिल रहेकाले उहाँका बारेमा भ्रम सृजना गर्ने काम भैरहेको बताउदै भनिन, विद्याले विद्यार्थी राजनीति हुदै महिला र प्राज्ञिक क्षेत्रबाट निरन्तर राजनीतिमा क्रियाशिल रहदै आएको बताइन् । उनले जनप्रतिनिधि आएपछि पोखरा महानगरको विकासले फड्को मारेको बताइन् । उनले देश नयाँ व्यवस्थामा गएका कारण कानुन बनाएर काम गर्नुपर्ने अवस्थाले पहिलो वर्ष विकासको गति सुस्त भएपनि पछिल्लो समय गति लिएको बताइन् । स्थानीय तहले तीन सय भन्दा बढि कानुन निर्माण गर्नुपर्ने हुन्छ र त्यही कानुनमा टेकेर विकास निर्माणका काम गर्नुपर्छ उनले भनिन्, अहिले हामीले ७० वटा कानुन बनाएका छौ । उनले कानुन निर्माणसंगै भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बताउदै पोखरामा सडक निर्माण,स्वास्थ्य र शिक्षालाई ध्यान दिए अगाडी बढेको बताइन् ।

पोखरा महानगरपालिका वडा अध्यक्ष रुद्रनाथ बरालले निर्वाचित जनप्रतिनिधि आएपछि वडाको विकासले तिव्रता पाएको बताउदै ३० भन्दा बढि बाटो ढलान भएको बताए । उनले भने हामी आएपछि सडकहरु, पार्क विस्तार र खानेपानी समास्या समाधानका लागि पाइपलाइन विस्तार गरेको बताए ।उनले न्यूरोडमा सवारी चाप बढेकाले त्यसको बैकल्पिक मार्गका रुपमा जाल्पारोडलाई स्तरोन्नती गर्न तीन करोडको व्यवस्था गरेको बताए । नेकपा पोखरा ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो ।