धार्मिक क्षेत्र बचाउन राप्रपालाई मतः उम्मेदवार भण्डारी

पोखरा ।

मंसिर १४ गते हुने प्रतिनिधिसभा तर्फ कास्कीको क्षेत्र नं–२ का उम्मेदवार रोमबहादुर भण्डारी शनिबार विहानैदेखि वडा नं. ११ स्थित काहुँडाँडामा अवस्थित काहुँकोर देउराली मन्दिर तथा धरहरा सरक्षण समितिमा पुगि पुजा आजा सहित स्थानिय जनतासँग हिन्दुराज्यका लागि राप्रपालाई मत दिन आग्रह गरेका गर्नुभयो ।

त्यसैगरी फुलबारी, महेन्द्रपुल, रानीपौवा लगायत वडा नं. १६ मा पुगेर स्थाननिय जनतासँग मत माग्नुभएको छ । जिल्ला निर्वाचन समिति संयोजक जयलालपूनले हरेक दिन विहानदेखि वेलुकासम्म हिन्दुराज्यका लागि चुनाव प्रचार प्रसारमा उम्मेदवार भण्डारी लागिराख्नुभएको कुरा व्यक्त गरेका छन् ।