व्युटिसियनहरुको पाँच दिने उद्घोषण तालिम सुरु

पोखरा ।

आर्थिक समृद्धिको लागि सौन्दर्य पेशा, आजको आवश्यकता भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाल व्युटिसियन संघ कास्की र व्युटी पार्लर एसोसियन कास्कीको संयुक्त आयोजनामा पाँच दिने उद्घोषण तालिम आईतबारबाट सुरु भएको छ ।

सौन्दर्य व्यवसायमा आवद्ध व्युटिसियनहरुको व्यवसायिक सँगै व्यक्तिगत नेतृत्व अभिवृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव एवं संघका सल्लाहकार चिनु गुरुङले जानकारी दिनुभयो । नेपालमा यस व्यवसायबाट आम्दानीक गर्ने बाटो प्रशस्त रहेको भन्दै यस पेशालाई मर्यादीत सँगै व्यवस्थित बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल टे«ड युनियन, गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले बोल्ने कला हरेक बिषयसँग जोडिने भएको हुँदा तालिमलाई गहनपूर्वक लिएर व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले नेतृत्व तह देखि हरेक पाटामा बोल्ने कलाले प्रत्यक्ष प्रभाव पार्ने हुँदा यो सुनौलो मौकालाई खेर जान नदिन सहभागि सबैमा अनुरोध समेत गर्नुभयो । नेपाल व्युटिसियन संघ कास्कीका अध्यक्ष शर्मिला रानाभाटले यस तालिमबाट प्राप्त ज्ञानले व्यवसायीहरुलाई थप उर्जा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

प्रत्येक दिन फरक–फरक प्रशिक्षकबाट प्रशिक्षण गराईने उक्त तालिममा आईतबार रेडियो सफलताका स्टेशन म्यानेजर दुर्गा अधिकारीले वक्तामा चाहिने गुण, कार्यक्रम तालिका लगायतको बिषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराउनुभएको थियो ।

सो तालिममा नेपाल टे«ड युनियन कास्कीका अध्यक्ष विजय भण्डारी, सचिव रुद्र तिमिलिसना, नेपाल व्युटिसियन संघ गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोइराला लगायतले व्युटिसियन पेशालाई बलियो बनाएर अगाडी बढाउने भन्दै अझ सशक्त ढंगबाट अगाडी बढ्न जरुरी रहेको भनाई राख्नुभएको थियो ।

तालिममा सौन्दर्य व्यवसायसँग आबद्ध व्युटिसियन, विभिन्न आमा समूहका प्रतिनिधि गरी करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल व्युटिसियन संघ कास्कीका अध्यक्ष शर्मिला रानाभाटले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव अस्मिता गुरुङले गर्नुभएको थियो ।