स्याङजाली सम्पर्क सदनको शुभकामना आदानप्रदान सम्पन्न

पोखरा ।

स्याङजाली सम्पर्क सदनले नेपालीहरुको महानपर्व विजया दशमी, दीपावली ,नेपाल सम्बत ,छठ लगायतका पर्वहरुको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

छोरेपाटन शितलचौतारीमा रहेको आफ्नै भवनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले हामी स्याङजामा जन्मेऔं तर जिल्ला फर्केर उत्पादनको क्षेत्रमा लगानी कमैले गरेकाछौे भन्दै उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । सेवानिबृत कर्मचारी बैकको ब्याजको पैसामा रमाइरहेको भन्दै उहाँले उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । स्याङजाको आँधिखोला गाउँपालिका वडानं ४ घर भई हाल गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष रहनु भएका शर्मा आफु जहाँ भएपनि जिल्लाको विकासको लागि सक्दो योगदान पु¥याउनु पर्नेमा जोड दिनु भयो ।

स्याङजा बस्ने स्याङजालीहरुको गुनासो जन्म जिल्ला भएपनि जिल्ला छाडेकाले उत्पादनको क्षेत्रमा लगानी नगरेको गुनासो रहेको उहाँको भनाई थियो । डाक्टर शर्माले आउदै गरेका नेपालीहरुको महान पर्वहरुको सम्पुर्णमा शुभकामना ब्यक्त गर्दे उत्पादन बढाउन सके सरकारले भनेको खुशी नेपाली समृद्ध नेपाल हुने जनाउनु भयो ।

सदनका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठले सदन स्थापनाको २५ बर्ष सम्म आउदा धेरै स्याङजालीहरुको सुखदुःख विसाउने चौतारी बनेको भन्दै चाडपर्वको शुभकामना ब्यक्त गर्नुभयो । सदनका अध्यक्ष लिला प्रसाद पंगेनीले आफ्नै भवनको सभाहलमा शुभकामना आदान प्रदान गर्ने अबसर सृजना भएकोमा खुशी ब्यक्त गर्दे डाक्टर गिरीधारी शर्माले जिल्लामा उत्पादनको क्षेत्रमा लगानी गर्नको गरेको आग्रहलाई पंगेनीले प्रदेश सरकारले बातवरण बनाए जिल्ला बाहिर रहेका स्याङजाली जिल्लामा उत्पादनको क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनु भयो ।

उहाँले देशका विभिन्न ठाउँमा जिल्लाका सम्भावना बारे आफुहरु विषय विज्ञ संग राय सुझाव संकलनमा लाग्ने पनि बताउनु भयो । कार्यक्रममा सदनका पुर्व अध्यक्षहरु, कार्य समितिका सदस्यहरु स्याङजा जिल्ला भित्रमा विभिन्न गाउँपालिका, नगरपालिका साविक गाविसका सम्पर्क सदनका अध्यक्षहरु, स्याङजा घर वा माइतभई पोखरालाई कार्यक्षेत्र बनाई बसोबास गरेका स्याङजालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले एक आपस शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन सदनका महासचिव धर्मराज अर्यालले गर्नुभएको थियो ।