गण्डकी प्रदेशमा संविधान दिवस मनाइँयो

पोखरा ।

गण्डकी प्रदेशले संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी पोखरामा मुल समारोह कार्यक्रम गरियो ।

कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुव‘रले गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको ठुलो विशेषता भएको बताए । यसलाई देश र जनताको सम्पतिको रुपमा व्याख्या गर्दै प्रमुख कुव‘रले यसलाई रक्षा गनुपर्ने बताए ।

निरंकुश, एकीकृत र सामन्ति व्यवास्थाले सृजना गरेका सवै किसिमका उत्पिडन र विभेदको अन्त्य संविधानले गरेको भन्दै यसलाई महत्वपुर्ण उपलब्धिको रुपमा व्याख्या गरे । भाषाभाषी, जातजातिवीचमा समन्वय र सहअतित्व कायम गरेर गतिशील र न्यायपुर्ण समाजको निर्माण गर्नु अहिलेको आवश्यकता रहेको कुरामा जोड दिदै उनले सवैलाई त्यसतर्फ लाग्न अनुरोध समेत गरे । विधिको शासनको पालानाले मात्र शासन व्यवास्था बलियो हुने तर्क गर्दै प्रमुख कुव‘रले संविधान दिवसमा सबैले विधिको शासनलाई प्रण गर्नुपर्ने समेत बताए ।

कार्यक्रमको अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यशक्तिको स्रोत नेपाली जनतामा आउनुलाई संविधानको सबैभन्दा ठुलो उपलब्धिको रुपमा व्याख्या गरे । राजसंस्थातर्फ संकेत गर्दै मुख्यमन्त्री गुरुङले यसअघि कुनै व्यक्ति वा सानो सस्थामा निहित राजकीय सत्ता र सार्वभौम सत्ता यही संविधानमार्फत नेपाली जनताको आएको स्पष्ट पारे ।

अहिले नेपाली जनताले सरकार, संसद र न्यायलायबाट यसको प्रयोग गरिरहेको उनको भनाई थियो । संविधानले राज्यलाई बहुजाति, बहुभाषिक, बहुसास्कृतिक, बहुधार्मिक विशषेता युक्त भनी व्याख्या गरेको भन्दै यसअघि राष्ट्रको व्याख्या नै नभएको दावी गरे । नेपाल राज्य स्वतन्त्र, अभिभाज्या, सार्वभौमसत्ता सम्पन्न, धर्म्निरपेक्ष, समावेशी मुलुकको रुपमा व्याख्या हुनु संविधानको अर्को ठुलो उपलब्धि मान्नुपर्ने बताए ।

मौलिक हकलाई संविधानले ठुलो प्राथमिकता दिइएको दृाष्टान्त दिदै उनले यस्तो व्यवास्था अन्य मुलुकान नभएको जिकिर गरे । संविधान कार्यन्वयनमा सरकार सही बाटोमा रहेको दावी गर्दै उनले सरकारको गति केही धीमा रहेको भने स्वीकार गरे । कार्यक्रममा प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उच्च अदालत पोखराको मुख्य न्यायधीश यज्ञप्रसाद बस्यालले संधिान कार्यन्वयनमा सवैको सहयोग आवश्यक भएको बताएका थिए ।

कार्यक्रम अघि सहिदचोकदेखि राष्ट्रिय सभागृहसम्म ¥याली निकालिएको थियो । मुख्यमन्त्री, मन्त्रीहरु, सभासदहरु कर्मचारी र विभिन्न संघसस्थाले ¥यालीमा सहभागिता जनाएका थिए ।