बिज्ञान दिवसको अबसरमा प्रभातफेरि हुने

पोखरा ।

सातौ बिज्ञान दिवसको अबसरमा पोखरामा प्रभात फेरि हुने भएको छ । बैज्ञानिक अनुसन्धान द्वारा बैज्ञानिक सोचयुक्त समाजको निर्माणका लागि स्थापित सस्था भौतिक अनुसन्धानका लागी पहल ( एच्क्ष् ) को आयोजना र नेपाल भौतिक बिज्ञान समाज र नेपाल बिज्ञान शिक्षक समाजको सहआयोजनामा प्रभात फेरि हुन लागेको हो ।

बिगत २ बर्ष देखि बिज्ञान बहस शृङ्खला चलाउदै आइरहेको र आजको २१ औ शताब्दी बिज्ञानको युग भएकोले बिज्ञान दिवसलाई सबै नेपालीहरुले मनाउनु पर्ने पिआरआइका अध्यक्ष डा कपिल अधिकारीले जानकारी दिए ।

नेपालको पहिलो साइन्स क्याम्पस अमृत साइन्स क्याम्पसको स्थापनाको दिनलाई नै नेपालमा बिज्ञान दिवसको रुपमा मनाइदै आइरहेको छ !प्रभातफेरि महेन्द्रपुल बाट सुरु भइ सिदार्थचोक , नालामुख हुँदै पृथ्वीनारायण क्याम्पस पुगि औपचारिक कार्यक्रममा परिणत हुनेछ ।

उक्त औपचारिक कार्यक्रममा पोखरा क्षेत्रमा बिज्ञानको जग बसाल्न योगदान पुर्याउनु भएका र सेवा निबृत हुनुभएका प्रध्यापकहरु पबित्रमणि पौडेल, बिष्णुगोपाल प्रधान , प्रकाश जङ शाहा , एलिआमा जोन , बिष्णु कुमार श्रेष्ठ लगाएतहरुको सम्बोधन सहितको अन्तरकृया कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।