लिटल फ्लावरमा तीज गीत प्रतियोगिता

पोखरा ।

हरितालिका तीज २०७६ को अवसरमा आईतवार पोखरा –२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका निर्देशक कमल खड्का, सन्चालकहरु, शिक्षक शिक्षिकाहरुले शुभकामना प्रदान गरेको उक्त प्रतियोगिता संस्थापक देवी खड्काको अध्यक्षतामा सम्पन्नभएको थियो ।

कक्षा २ देखि १० सम्मका पन्ध्र समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा कक्षा १०र ३ ख को समूहले प्रथम स्थान हासिल गरेको छ । यसै गरी कक्षा८ख र ४ क को समूहले दोश्रो स्थान हासिल गर्न सफल भएका थिए भने कक्षा ७ को समूह,कक्षा २ क को समूहले तेश्रा पुरस्कार प्राप्त गरेका छन् ।

विजयी समूहलाई पुरस्कार वितरण गर्देै विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता सम्पन्न गरिएको प्रिन्सिपल विष्णुहरि पौडेलले बताए ।

प्रतियोगिताको निर्णायकहरुमा नृत्य प्रशिक्षक सुजन गुरुङ सहित शिक्षिका लक्ष्मी गुरुङ , प्रनिशा गुरुङ र जीना गुरुङ रहेका थिए । प्रतियोगिताको सञ्चालन शिक्षिका लक्ष्मी घिमिरेले गरेकी थिइन् ।