हाँसपोखरीमा तिजगितको तयारी पुरा

पोखरा ।

रुपा गाँउपालिका वडा नं. ७ मा रहेको हाँसपोखरी यूवा क्लबले नेपाली नारीको माहान पर्व हरितालीका तिजको पावन अवसरमा खुल्ला तिजगित प्रतियोगिता यहि भाद्र १६ गते हाँसपोखरीमा आयोजना गरिने तिजगित प्रतीयोगिताको सम्पूर्ण पुरा भएको छ ।

प्रतियोगिता हुनु भन्दा अगाडि वडा नं. ७ को वरपरको रहेको बिभिन्न फोहरहरुको को वर्गिकरण गरेर सरसफाई कार्यक्रम समेत सम्पन्न भएको सरसफई संयोजक सुरेश श्रेष्ठ ले जानकारी दिएका छन् ।

संस्कृतिको रक्षा गर्नु युवाहरुको प्रमुख दायित्व वोद्य गर्दाै सदा जस्तै यस वर्ष पनि तिजगितको साथमा वृद्ध दौड प्रतियोगिता तथा घैटो फुटाउने कार्यक्रमको आयोजना गरिने बताईएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना हुने लाई क्रमश रू.८१००, रू.४१००, रू.२१०० र रू.११०० प्रदान गरिने छ । उक्त पुरस्कार को रकम देश तथा विदेशमा रहेका आफ्नो गाँउको र संस्कृतीको माया भएका व्यक्तिहरु बाट प्राप्त भएको बताईएको छ, जसमा प्रथम पुरस्कार अमेरीका निवासी वृहस्पती लम्साल बाट तथा अन्य सम्पूर्ण पुरस्कार अमेरीका निवासी मदन सुवेदी बाट प्राप्त भएको बताईएको छ ।

उक्त तिजगित प्रतियोगिता सफल बनाउनको लागि सहयोग आउने क्रम जारी रहेको कार्यक्रमका संयोजक सुनिल सुवेदीले जानकारी दिएका छन् । साथै यस तिज गित प्रतियोगिताको मिडिया पार्टनको भुमिका रेडियो लेखनाथ र लेखनाथ खवर डट कमले गरेका छन् ।