संचारकर्मी रेणुको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

पोखरा ।

संचारकर्मी रेणु थापाले आफ्नो जन्मदिनको अवसरमा पोखरा ६ स्थित शिशु विकास तथा स्याहार केन्द्रमा शैक्षिक सामाग्री शुक्रवार एक कार्यक्रमबीच वितरण गरेकी छन । पोखरा ६ बैदाममा रहेको शिशु विकास तथा स्याहार केन्द्रका गरिब तथा विपन्न वर्गका करिव ३० जना बालबालिकालाई उनले सो सामाग्री वितरण गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जन्मदिनका अवसरमा विभिन्न होटलमा टडक भडक रुपमा मनाउने पछिल्लो पुस्तालाई रेनुको यो कार्यले समाज परिवर्तनमा सन्देश भएको बताए । उनले भने, ‘सरकारले सामाजिक सुरक्षा बृद्धबृद्धालाई लक्षित गरिरहेको अवस्था छ , त्यसको आवश्यकता सडक बालबालिका, सुत्केरी महिला तथा समाजका अरु अनेकौं क्षेत्रमा पनि छ । यस्ता खालका सहयोगले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा पर्यटन व्यवसायी गोविन्दराज पहारीले जन्मदिनको अवसरमा सनासाना बालबालिकाहरुसंग मनाउनु राम्रो कार्य भएको प्रशंसा गरे । उनले समाजमा यस्ता खालका गतिविधीहरु अरुले पनि सिक्न जरुरी भएकोमा जोड दिए ।

पोखराको माछापुच्छ्रे एफ. एम.की स्टेसन म्यानेजर समेत रहेकी रेनुले आफूले सञ्चार क्षेत्रमा प्रवेश गरेसंगै यसरी जन्मदिन मनाइरहेको बताइन । उनले भनिन, सञ्चार क्षेत्रमा प्रवेश गरे देखिनै यसरी विभिन्न क्षेत्रमा सहयोग गरीरहेकी छु ,यसले मलाई आत्मसन्तुष्टि मिल्छ ।’ केन्द्रका अध्यक्ष अनिलजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु केसी र सञ्चालन ललिता ढुङ्गानाले गरेकी थिइन ।