स्वयंसेवी रक्तदाता समाजको पहिलो बैठक

पोखरा ।

नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीको पोखरामा सम्पन्न पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । समाजको नवनिर्वाचित अध्यक्ष जितेन्द्रमान शाक्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको हो ।

समाजको बैठकले नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीको मासिक बैठक प्रत्येक महिनाको पहिलो शनिवार बिहान ७ देखी ह्वाईट हाउस ईन, लेकसाईडमा हुने बस्ने निर्णय गरेको छ । त्यसैगरि रगत ब्यबस्थापन सम्बन्धि सुचना आदान प्रदान गर्न थप गरिएका नव सदस्यहरुलाई नेपाल स्वयमसेवी रक्तदाता समाज, कास्कीको ग्रुप च्याटमा आबद्ध गराउने निर्णय गरेको छ । संस्थाको बिधान अनुरुप नया कार्य समिती सदस्यहरुले सदस्यता शुल्क बापत ५ सय ५० रुपैया र दुई थान फोटो बुझाउनु पर्ने निर्णय र संस्थाको दिगो हितको निमित्त मासिक बैठकमा प्रती सदस्य ५० रुपैया लेवी संकलन गर्ने निर्णय गरेको हो ।

सोही अवसरमा संस्थाका निबर्तमान संस्थागत अध्यक्ष तथा वरिष्ठ सल्लाहकार तिर्थराज अवस्थीले नगद एक हजार र संस्थाका सदस्य निश्चल खरेलले सदस्यता बापत ५ सय ५० प्रदान गरेका थिए ।

त्यस्तै नया कार्य समितिलाई सस्थाका पुर्व अध्यक्षबाट नब अध्यक्षलाई स्ट्याम्प र पुर्व सचिवद्वारा नव सचिबलाई माईनोट बुक हस्तान्तरण गरेर कार्यक्रमलाई अघि बढाईएको थियो। कार्यक्रममा छलफल पश्च्यात नया कार्य समिती सदस्य थप सहित कुल १५ सदस्यीय कार्य समिती निर्माण गरिएको बैठकले जनाएको छ ।