कावासोती नगरपालिकाका उपमेयरको सरकारी गाडिमा आगजनी

असार १०,नवलपरासी
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

राती साढे १ बजे मर्दनियाको आफ्नै घर कावासोती १५ अमलटारिमा राखिरहेको स्कारपिओ गाडिमा आगजनी भएको हो । आगजनिबाट गाडिको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवंम डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार पेट्रोल छर्केर आगजनी गरिएपनी तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुन पाएन ।

स्थानियका अनुसार अनुसार मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका बताए । उप प्रमुखका अनुसार जुटको बोरामा पेट्रेल भिजायर गाडीमा आगजनी गरेको बताईएकोछ ।
नगरपालिकाको उक्त स्कारपिओ गाडी रातीनै प्रहरी चौकी कोल्हुवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

बन्दको पुर्बसन्ध्यामा भएकाले आगलागी बिप्लब निकट माओबादिले गराएको हुन सक्ने प्रहरी अनुमान छ ।