असार १०,पोखरा ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण पोखरा सहित देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ता सडकमा नदेखिए पनि बिहान देखि बन्दको प्रभाव देखिएको छ । बजार र सडक क्षेत्र सुनसान देखिएको छ । साथै पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथे, शिसुवा, नयाँ बजार र विरौटामा शंकास्पद बस्तु भेटिएका छन् । चाउथेमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्तेज पारेको छ भने शिसुवामा राखिएको सकेटबम पनि डिस्पोज भैसकेको छ ।
यस्तै नयाँ बजार र विरौटामा थप दुईवटा दुवै ठाउँमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली पुगिसकेको छ ।पोखरामा सार्वजनिक गाडीहरु गुडेका छैनन् भने विद्यालय पनि पूर्ण रुपमा बन्द छ ।