एक चोटी मन र मत परिर्वतन गर्नुहोस :भण्डारी

पोखरा । २७ वर्षिय विजय बहादुर भण्डारी यतिबेला चुनावी माहोलमा घुमलिइरहेका छन् । हरेक दिन उनी आफ्ना एजेन्डा बोकेर मतदाताका घरघरमा पुगिरहेका छन् । २७ वषिर्य भण्डारी कास्की क्षेत्र २(१) मा गण्डकी प्रदेशसभा सदस्य उम्मेदाव बनेका भण्डारीले मतदातालाई एक पटक मन र मत परिवर्तन गर्न आग्रह गरिरहेका छन् ।

वर्षौ देखी एकै पार्टीलाई मत दिदाँ देशको विकास, आर्थिक अवस्थामा आएको भारी संकट आउने बाहेकको काम हुन नसकेको भन्दै भण्डारीले मन र मत परिवर्तन गर्न आग्रह गरेका हुन् । उनी भन्छन्,‘राष्ट्र निमार्णका लागि एक चोटी मन र मत परिवर्तन गर्नुहोस् । हजुरहरुले खोजेको जस्तै नेपाल पाउनु हुनेछ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका भण्डारीले अब देशलाई कुशल तथा नयाँ नेतृत्वको खाचो परेको सुनाए । मतदातासँग कुरा गर्दै देशमा अहिले तिन तहको सरकारको संरचना भएकोले देशको आर्थीक अवस्था कमजोर बन्दै गएको उनले बताए । जनतालाई करको भार थमाउँदै हरेकदिन महंगी बढ्दा जनताको जनजीवन अस्तव्यस्त भएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नं. १७ की स्थानीय शोभा श्रेष्ठले अब देशमा पढे लेखेको सक्षम र भिजन भएको व्यक्तिको खाँचो रहेको सुनाइन् । उनले भ्रष्टचार मुक्त समाज बनाउने राष्ट्रभतिm भएको युवा नेताको आवश्यक भएको बताइन् । स्थानीय इन्दिरा पौडेलले भण्डारीको उमेरद्धार देश र जनताको लागी भएको र एक सक्षम स्वच्छ छबि र भिजन भएका युवा नेता भएकोले मत उनैलाई दिने बताइन् ।

विजयको अग्रिम शुभकामना दिदै उनले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष ध्यान दिन सुझाव समेतट दिइन् । मतको सदुपयोग गर्दै सहि ठाँउमा प्रयोग गर्न समेत आग्रह गरिन् ।

समानुपाति तर्फकी उम्मेदवार विष्णु कुमारी गुरुङले आफुहरुलाई चुनावमा मतदान गरी विजयी गराएमा घरघरमा सेवा दिने गरी प्रदेशलाई डिजिटलाइज गर्ने बताइन् ।

छोरेपाटनकी जानकी गुरुङ र कमला थापाले सुकुमबासीहरुको समस्या समाधानमा राज्यले चासो नदेखाएको भन्दै गुनासो पोखिन् । आफुहरु लामो समयदेखि त्यहाँ बस्दै आएपनि अहिलेसम्म व्यवस्थित नगरेको उनीहरुको भनाइ छ ।

मतदाताहरुको गुनासो सुन्दै भण्डारीले आफु विजयी भएमा सुकुम्बासीहरुको समस्यालाई पहिलो प्राथमिकमा राखि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको सुन्दर भविष्य कोर्नको लागी जनतालाई मंसिर ४ गतेको चुनावले अधिकार दिएको र त्यसको सहि प्रयोग गरी देशलाई भ्रष्टचार मुतm बनाउन सहयोग गर्न समेत उनले आग्रह गरे । पछिल्लो समय नेपालमा विदेशी हस्तक्षेप बढ्दै जाँदा देशको सिमाना मिचिदै गएको र त्यो जोगाउनका लागि राप्रपालाई जिताउन आवश्यक रहेको उनको भनाइ छ । राप्रपाले जितेमा मात्रै राष्ट्रियता जोगिने उनले बताए ।