बिहीबारदेखि पोखरामा वाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट हुँदै

कार्तिक २३,पोखरा

प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा बिहीबारदेखि वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगिता शुरु हुने भएको छ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली कास्कीले नवलपुरविरुद्ध खेल्ने छ । ६ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका तनहुँ, स्याङजा, नवलपुर र कास्कीको टोलीले भाग लिंदैछन् ।

आयोजक संघले जारी गरेको खेल तालिका अनुसार शुक्रबार तनहुँ र कास्की, शनिबार नवलपुर र स्याङजा, आइतबार स्याङजा र तनहुँ तथा सोमबार स्याङजा र कास्की विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौंट गरि मंसिर ६ देखि काठमाण्डौमा हुने वाईवाई राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीको टिम बनाइने आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिए । ।