जेष्ठ २ पोखरा ।
संचारमाथि अंकुश लगाउने गरि प्रस्तावित मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले बिहीबार पोखरामा प्रदर्शन गरेको छ ।
वर्तमान सरकारले मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन । पोखराको महेन्द्रपुल देखी शुरु भएको विरोध र्याली चिप्लेढुङगा पुगेर कोष सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै प्रेस युनिय नेपालका उपाध्यक्ष रमेश पौडेल, प्रेस संगठन कास्कीका सन्देश श्रेष्ठ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, उपाध्यक्ष प्रकास सापकोटा, सचिब प्रदिप पौडेल लगाएतले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकलाई तत्काल खारेज गर्नु पर्ने माग गरे ।
प्लेकार्ड र सञ्चार सामग्री सहित विरोध प्रदर्शन गरिएको थियो । पत्रकारलाई लेख्नै बन्देज गर्ने विधेक आउनु लोकतन्त्र माथिकै हस्तक्षेप भएको प्रदर्शनमा सहभागीहरुको भनाई थियो ।