दैलेख केन्द्रविन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प

२९ वैशाख, दैलेख ।

दैलेख जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति ५.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का दैलेखसँगै त्यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ । गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्प गए पनि यसले पुर्‍याएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।