पोखरा टोस्टमास्टर्स क्लबको नयाँ कार्यसमिति गठन

पोखरा टोस्टमास्टर्स क्लबको बर्ष 2021/22 को लागी नयाँ कार्यसमिति गठन भएको छ। क्लबको प्रेसिडेन्ट (अध्यक्ष) मा पोखराका युवा व्यवसायी नुरज बाटाजु, भाईस प्रेसिडेन्ट एजुकेसन (उपाध्यक्ष-शिक्षा) मा देवराज पोख्रेल, भाईस प्रेसिडेन्ट मेम्मरसिप (उपाध्यक्ष-सदस्यता) मा नमराज बराल, भाईस प्रेसिडेन्ट पव्लिक रिलेसनसिप (उपाध्यक्ष- सार्वजनिक सम्वन्ध) मा गौतम श्रेष्ठ, सेक्रेटरी (सचिब)मा नानु अधिकारी, ट्रेजरर (कोषाध्यक्ष) मा प्रमिस बराल र सर्जेन्ट एट आम्समा अन्तिम घिमिरे चयन हुनुभएको छ भने क्लबको ईमिडेट पास्ट प्रेसिडेन्ट ( निवर्तमान अध्यक्ष) सन्दिप मानन्धर रहनुभएको छ ।

टोस्टमास्टर्स इन्टरनेसनल एक गैर नाफामुखी शैक्षिक संस्था हो जस्ले आफ्नो सदस्यहरुको नेतृत्व, व्यक्तित्व एवं वक्तित्वकला विकासको लागी विभिन्न कार्यक्रमहरु संचालन गर्ने गर्दछ । टोस्टमास्टर्स इन्टरनेसनलको हाल 145 देशमा 16200 क्लवहरू रहेका छन् भने कुल 364000 भन्दा वढि सक्रिय सदस्यहरू रहेका छन् । नेपालमा हाल कुल 45 वटा क्लबहरू सक्रिय रहेकोमा काठमाडौं उपत्यकामा 37 र काठमाडौं उपत्यकाबाहिर 8 वटा क्लबहरू रहेका छन् । पोखरा टोस्टमास्टर्स क्लब काठमाडौं उपत्यका बाहिरको प्रथम टोस्टमास्टर्स क्लब हो ।