आफ्नै खर्चमा वल्र्डकपमा भाग लिदै र्याफ्टिङका खेलाडीहरु

बैशाख–११, पोखरा ।

सरकारको सहयोग विना नेपालका र्याफ्टिङ खेलाडीहरु र्याफ्टिङ वल्र्डकपमा सहभागी हुने भएका छन । अन्तराष्ट्रिय र्याफटिङ महासंगको आयोजनामा आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा हुने र्याफटिङ वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरु यतिवेला पोखराको सेती नदीमा अभ्यासमा व्यस्त रहेका छन ।

राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट छनौट भएका खेलाडीहरु सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मियालाई टीम प्रशिक्षक निम बहादुर मगरले प्रशिक्षण गराइरहेका छन ।

विगत दुई महिनादेखी सती नदीमा अभ्यास गरिरहेका खेलाडीहरुले आफुहरु नदीमा खेलिने शाहसिक खेल र्याफ्टिङको माध्यामबाट नेपालको झण्डा लिएर विश्वका खेलाडीहरु माझ प्रतिस्पर्धामा जान लागेता पनि सरकारी निकायले चासो नदेखाउदा निकै दुख लागेको वताएका छन ।

खेलाडीहरुले र्याफ्टिङ खेललाई नेपाल सरकारले अन्य खेलहरुलाई जस्तो सहयोग नगरेको र यसपटकको विश्वकपमा सहभागी हुनका लागी सम्पूर्ण खेलाडीहरु आफ्नै खर्च र नेपाल एजेन्सीज अफ र्याफ्टिङ एसोशियसनको सहयोगमा अष्ट्रेलिया जान लागेको नेपाली र्याफ्टिङ टिमका प्रमुख सुरज गुरुङले वताए ।

गुरुङले अन्य खेलमा जस्तो र्याफटिङ जस्तो शाहसिक र नेपालमा शाहसिक पर्यटक भित्रयाउने खेललाई सरकारले वेवास्ता गरेको वताउदै केही सरकारी कार्यालयहरुले सहयोगको प्रतिवद्धता गरेको भएतापनि हाल सम्म सकाकारी निकायबाट सहयोग नपाएको वताए ।

र्याफ्टिङ प्रतियोगितामा सहभागी हुनका लागी ३४ लाख लाग्ने अनुमान गरिएको भएतापनि सरकारी निकायबाट हाल सम्म कुनै सहयोग गरेका छैनन । यद्यपि त्रिसुली नदी आसपासका चितवन, धादिङ र गोर्खाका केही गाउपालिकाहरुले नेपालको प्रतिनिधित्व गरेर विश्वकपमा सहभागी हुने नेपाली टीमलाई सहयोग गर्ने प्रतिवद्धता भने जनाएका छन ।

चितवनको इच्छामनकामना गाउपालिका कुरिनटार, वेनीघाट रोराङ गाउपालिका वेनीघाट, गण्डकी गाउपालिका गोरखा र शहिद लखन गाउपालिका घैरुङले सहयोग गर्ने प्रतिवद्धता गरेको र त्यहाबाट आउने रकमले केही हदसम्म आफुहरुलाई सहज बन्ने खेलाडीहरुले वताएका छन ।

त्यसो त नेपाल सरकारले र्याफ्टिङ खेललाई हेर्ने दृष्टीकोण नै भिन्दै रहेको नेपाल एजेन्सीज र्याफ्टिङ एशोसियनका अध्यक्ष निम बहादुर मगर वताउछन । सरकारले र्याफ्टिङ खेललाई स्थापित र यसको विकास भन्दापनि यसलाई विस्थापित गर्ने गरी खोलानाला उत्खनन गर्ने कामहरु भइरहेको वताउदै मगरले सरकारले शाहसिक पर्यटकीय खेलकुदको गतिविधी र्याफ्टिङलाई हेर्ने दृष्टीकोण नै फरक रहेको र हाल सम्मका प्रतियोगिताहरु आफुहरुले सस्ंथा र विभिन्न ब्याक्ति तथा संस्थाहरुको सहयोगमा गरिरहेको वताए ।

यो पटकको वल्र्डकपमा आफुहरुले सरकारलाई जानकारी गराएको भएतापनि सरकारी निकायबाट कुनै प्रतिक्रिया नआएको मगरले वताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु आगामी मे ७ तारिकको दिन अष्टे«लिया प्रस्थान गर्नेछन ।