लायन्स क्लब अफ पोखरा हेरिटेजको अध्यक्षमा श्याम हरि तिवारी

बैशाख २५, पोखरा

लायन्स क्लब अफ पोखरा हेरिटेजको अध्यक्षमा श्याम हरि तिवारी निर्वाचित हुनुभएको छ ।

क्लबको १० औँ वार्षिक साधारण सभाबाट वर्ष २०२१÷२०२२ कालागि अध्यक्षमा लायन तिवारी सहित प्रथम उपाध्यक्षमा राजिव पराजुलि त्यस्तै द्धित्तिय उपाध्यक्षमा शोनि तामाङ शर्मा, तृतिय उपाध्यक्षमा श्याम गुरुङ, सचिवमा कृष्णराज काफ्ले निर्वाचित हुनुभएको छ ।

नव निर्वाचित पदाधिकारीहरु

त्यत्तै क्लबको कोषाध्यक्षमा हरि के.सी., सह कोषाध्यक्षमा दिनेश गुरुङ र सहसचिवमा हस्त श्रेष्ठ लगायत निर्वाचित हुनुभएको छ । लायन्स क्लब अफ पोखरा हेरिटेजको बैशाख ३ गते सम्पन्न भेलाले नयाँ कार्यसमितिको चयन गरेको डिष्ट्रिक्ट पि.आर.ओ. लायन मधुसुदन कोईरालाले जानकारी दिनुभएको हो ।
नव निर्वाचित अध्यक्ष तिवारीले संस्थाले समाजमा खेल्दै आईरहेको भूमिकालाई थप उचाईमा पुर्याउन दत्त चित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।