संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

premdhoj-prasdhan

बैशाख २३, काठमाण्डौ,


वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौं न्यूरो तथा जनरल हस्पिटल, सुन्धारामा उहाँको निधन भएको हो ।

छातीमा समस्या देखिएपछि बिहीबार बिहान न्यूरो अस्पताल भर्ना गरिएकोमा साँझपख निधन भएको गायक शिव परियारले जानकारी दिनुभयो ।

प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।

उहाँको निधनपछि कलाकार, गायक,गायिका लगायतको समवेदना प्रकट गरेका छन् ।