प्रधानमन्त्रीको विश्वासको मतका लागि सबै दलसँग छलफल गर्ने एमालेको निर्णय

emale xalfal

बैशाख २३, काठमाण्डौ

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्नका लागि सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको एमाले नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा पर्नुभएको छ । स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय पनि गरेको छ ।