आइपीएल स्थगित भएपछि इंग्ल्यान्डका खेलाडी घर फर्किए

cricketer

बैशाख २३ एजेन्सी,


भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएपछि इंग्ल्यान्डका खेलाडी घर फर्किएका छन् ।
कोरोनाको संक्रमण तीव्ररुपमा बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ । आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका आठ खेलाडी घर फर्किएका हुन् । इंग्ल्यान्ड फर्किएपछि उनीहरु सरकारको प्रोटोकल अनुसार क्वारेन्टिनमा बसेको स्काई स्पोर्ट्सले जनाएको छ ।
आईपीएलमा इंग्ल्यान्डका ११ खेलाडीले विभिन्न टिमबाट खेलिरहेका थिए । बाँकी तीन खेलाडी पनि घर फर्कने तयारीमा रहेको बताइएको छ ।
इंग्ल्यान्ड फर्कनेमा जोनी बेयर्सटो, जोस बट्लर, साम कुरान, टम कुरान, साम बिलिंग्स, क्रिस वोक्स, मोइन अलि र जासन रोय रहेका छन् । इयान मोर्गन, डाविड मालन र क्रिस जोर्डन भने भारतमै रहेका छन् ।