सरकार सहकार्यबाट अघि बढ्न नसकेको काँग्रेस नेतृ कोइरालाको आरोप

बैशाख–८, पोखरा ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेतृ कोइरालाले काँग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति/व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताए ।

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन, उनले भनिन्, “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।” देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।