लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा पछि एमालेको एकल बहुमतमा सरकार बनाउने गृहकार्य सुरु

Shankar-Pokhrel pc

बैशाख १९, बुटवल,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाउनुभएको छ । उहाँको राजीनामा स्वीकृत भइसकेको छ । आज लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै छ । त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ ।

संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिनुभएको हो ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।


राजीनामा स्वीकृत

यसैबिच लुम्बिनि प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो ।

जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ । यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको छ ।

लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको गृहकार्य सुरु भएको नेकपा एमालेको रुपन्देहीका जिल्ला इञ्जार्ज दधिराम न्यौपानेले बताउनुभएको छ । उहाँले अब नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु हुने बताउनुभयो ।