सरकारले आजदेखि कोरोना उपचारकालागि १ हजार बेड थप्ने

hirdesh tripathi

बैशाख १९, काठमाण्डौ,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आजदेखि कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएको बताउनु भएको छ ।

हिजो बेलुका एक भिडियो सन्देश जारी गर्दै उहाँले आतङ्कित नहुन आग्रह गर्नुभयो । उहाँले सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

सरकार नागरिकको साथमा रहेको र बाहिर प्रचार भएजस्तो कोरोना सङ्क्रमितको उपचारबाट हातखुट्टा नझिकेको र सरकार यथासम्भव विश्वमा उपलब्ध साधन जोहो गर्न लागेको बताउनुभयो ।

अहिलेको सङ्क्रमण आक्रमक भएकाले सङ्क्रमितको संख्या बढेको र व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो ।