पोखराका २३ सहित थप १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

helt news

बैशाख ७, कास्की,

पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।

८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।

यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।
नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।

यसैबिच, गण्डकी प्रदेशमा थप १ जनालाई कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । गोरखाको भीमसेन गाउँपालिका वडा नम्बर १ मा ७९ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला नवलपरासी पूर्वमा ५ जना, तनहुँमा २ जना तथा म्याग्दीमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार २ सय ६३ पुगेको छ ।