विश्वका ८० देशको यात्रा नगर्न अमेरिकाको आग्रह

america

बैशाख ७, एजेन्सी,


अमेरिकाले कोरोनाभाइरस महामारीका कारण विश्वका ८० प्रतिशत देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई आग्रह गरेको छ । नयाँ यात्रा निर्देशिका जारी गर्दै अमेरिकाले यात्रुहरुलाई कोरोना माहामारीको जोखिम अत्यधिक रहेको भन्दै यस्तो आग्रह गरेको हो ।
अमेरिकी सरकारकाले हालका लागि करिब ३४ देशमा यात्रा नगर्न आग्रह गरेको बीबीसीले जनाएको छ । कोरोना माहामारीका कारण विश्वमा हालसम्म ३० लाख भन्दा बढीको ज्यान गईसकेको छ ।
त्यसको आधा संख्या अमेरीकीहरुको रहेको छ । यात्रा प्रतिबन्धको सुचिमा म्यानमार, अफगानिस्तान, रसिया, मोजाम्बिक, ब्राजिल लगायतका देशहरु परेका छन् । अमेरिकी विदेश विभागले कोरोना माहामारीको अवस्थालाई ध्यानमा राख्दै आवश्यक परेमा यात्रा प्रतिबन्धका लागि अरु देशहरु पनि थपिन सक्ने पनि जनाएको छ ।