गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गतेकालागि आह्वान

gandaki sarkar

बैशाख ६, कास्की,

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ का लागि आह्वान गरिएको छ । संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरेअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाउनुभएको हो ।

वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले बैठकबाट अविश्वास प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस भएसँगै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको थियो ।

प्रस्तावित मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । उहाँ कांग्रेसबाट निर्वाचित नवलपुरबाट विजयी सांसद हुनुहुन्छ । पोख्रेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पछ ।

हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना छन् । गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन् ।