पोखराको फेवातालमा बाराका यूवा मृत भेटिए

fewa

बैशाख ४, कास्की,

कास्कीको पोखरा महानगरपालिका ६ स्थित फेवातालमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् । वाराही मन्दिर नजिकै फेवातालको बिच भागमा बारा निजगढ नगरपालिका –९ का १८ वर्षीय नोभिब उप्रेती मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घटनास्थलबाट उप्रेतीको शव शनिबार बिहान ६ः४० बजे नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी बाहिर निकालेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।