थपिए ८ सय ४३ कोरोना संक्रमित/ स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह

corona

बैशाख ४, कास्की,

पछिल्लो २४ घन्टामा देशभर ८ सय ४३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २४ घन्टामा ५ हजार ३ सय ३३ जनामा गरिएको पिसिआर परिक्षणमा ७ सय ६८ पोजेटिभ र ६ सय ७१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५ जना पोजेटिभ गरी जम्मा ८ सय ४३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, यही समयमा ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । भने २ सय २६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हाल देशभर ७४ जना क्वारेन्टाइनमा रहेको छ र ५ हजार ५ सय ४५ जना संक्रिय संक्रमित रहेका छन् ।

आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना नियन्त्रणका लागि बनाईएको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले आज दिउँसो ट्वीट गर्दै पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरु पालना गर्न आह्वान गर्नुभएको हो ।


राष्ट्रपति विद्यादेवी भण्डारी

यस्तै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा उहाँले चिन्ता पनि व्यक्त गर्नुभएको छ ।