कोरोनाको दोस्रो लहरले चुनौति थपिँदै, तत्काल लकडाउन र विद्यालय बन्द नहुने

corona

चैत ३१, कास्की,

सरकारले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको बताएको छ । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको जनाएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगिएको बताउनुभयो । सोही अवस्थालाई मध्यनजर गर्दै पोखरा सहितका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल भएको पनि उहाँले जानकारी दिनुभयो । तर तत्कालका लागि केही निर्णय नभएको अवस्थामा उनीहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
यसैबिच प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ । तर, संक्रमण फैलन नदिन सचेतना जगाउने र जनतालाई सजग गराउने मन्त्रिपरिषद्को निर्णय छ ।