गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो, दुई मन्त्रीद्धारा राजिनामा

gandaki pardesh sabha

चैत २५, कास्की,

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।
दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिए पनि प्रदेश सरकारसँग राम्रो सम्बन्ध रहेको र आउँदा दिनमा सहकार्य हुन सक्ने मन्त्री चुमानले बताउनुभयो ।

राजिनामा दिएका दुई मन्त्रीहरु


मुख्यमन्त्री गुरुङले दुई जना मन्त्रीले राम्रो काम गरेको र सहकार्यको चाहना हुँदा हुँदै पनि केन्द्रको निर्णयका कारण अलग हुनुपर्दा दुःख लागेको बताउनुभयो ।
माओवादी केन्द्र बाहिरिए पनि गण्डकीमा एमालेको सरकार बहुमतमै रहेको छ । ६० प्रदेश सांसदमध्ये गण्डकीमा एमालेका २८ सांसद रहेका छन् । राष्ट्रिय जनमोर्चाका तीन जना सांसदले पनि एमालेलाई नै साथ दिएकाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बहुमतमै रहेको छ ।