वायु प्रदूषण घटेपनि धेरै प्रदूषणको सूचीमा नेपाल पहिलो स्थानमा कायमै

mausam sanket

चैत २२, कास्की,

गण्डकी प्रदेशका अधिकांस जिल्ला सहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको नेपालका विभिन्न ठाउँहरुका आकाश अहिले खुल्दै गएको छ । केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ ।
पोखरामा आज विहानै देखि घामलागेपनि आकाश भने खुल्न सकिरहेको छैन । पोखरा आसपासको आकासमा अहिले पनि तुँवाँलोका कणहरु प्रचुर मात्रामा रहेकोले आकाश खुल्न नसकेको मौसम पूर्वानुमान महाशाखाकि मौसमविद शान्ति कंडेलले बताउनुभयो ।

वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले आग्रह गर्नुभएको छ । यस्तै वायु प्रदूषण कम हुँदै गए पनि विश्वभरको तुलनामा शीर्ष स्थानबाट भने नेपाल तल झर्न सकेको छैन । अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल रहेको छ । विश्वभरको वायु प्रदूषण कम हुँदै जाँदा नेपालको पनि सुधार भएको तर शीर्ष स्थानमा कायमै देखिएको हो ।