लगातारको वायु प्रदूषणले पोखरामा हवाई उडान प्रभावित

pokhara-airpot

चैत १६, कास्की,


गत शुक्रबार देखि लगातारभैरहेको वातावरण प्रदूषणले हवाई उडान समेत प्रभावित भएको छ । प्रदूषणले आन्तरिक तथा बाह्य हवाई उडान तथा अवतरण प्रभावित भएको कास्कीको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।
प्रदूषण तथा पोखरा सहित देशका धेरैजसो ठाउँमा लागेको तुवाँलोले आन्तरिक उडान बढी प्रभावित भएको हो । गएको तीन दिनदेखि नै केही आन्तरिक उडानहरु रोकिएका छन् ।
मौषममा सुधार आएको खण्डमा समय अनुसार नै उडान भरिने कार्यालयले बताएको छ । भोलीदेखि भने मौषममा आंशिक बदली हुने सम्भावना रहेकोले उडानलाई निरन्तरता दिन सकिने अनुमान गरिएको कार्यालयको भनाई छ ।