भागरथीको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो

bhagarathi hatya prakaran

चैत १२, कास्की,


बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट र अभियुक्तको डीएनए रिपोर्ट मिलेको छ । बिहीवार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको जनाएको हो ।

गएको माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ का दिनेश भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । उनले ‘रिसिबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी प्रहरीसमक्ष बयान दिएका थिए ।