चैत ६, कास्की,
आज गण्डकी प्रदेशका केहि भूभाग सहित देशका विभिन्न पहाडि क्षेत्रमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वावानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले दिउँसो पख मौसममा सामान्य वदलिभई साँझ पोखरा र यस आसपासका पहाडि क्षेत्र सहित काठमाण्डौ उपत्यकाका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो ।
मौसमविद् कंडेलले देशका अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ, धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेकोले अझै १,२ दिन यो क्रम जारि रहन सक्छ । गर्मी याम सुरु भैसकेकोले विषेसगरि पहाडि भेगका खेत बारिमा कार्य गर्दा विषेश सावधानि अपनाएर कार्य गर्न उहाँले सुझाव दिनुभयो । हावाहुरी र चट्याङ्ग को कारण हुनसक्ने सभ्भावित क्षति प्रति सतर्कता अपनाउन पनि मौसमविद् कंडेलले आग्रह गर्नुभयो ।