आजदेखि २९ करोडको आईपीओ बजारमा,कति कित्तासम्म दिने आवेदन ?

चैत्र ६, काठमाडौ । आजदेखि सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणलाई साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपीओमा ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदन सि–आस्वा सदस्य रहेका बैक तथा वित्तिय संस्था र मेरो सेयरबाट पनि दिन सकिनेछ ।