पुम्दीकोटमा आइपुग्यो, विशाल महादेवको मूर्ति

२०७७ अशोज २५

पोखरा नेपालकै विशाल महादेवको बसेको मुर्ती प्रतिस्थापन गर्न लागीएको पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माण गर्न लागीएको शिवको मुर्ति पोखरा ल्याइएकोछ । भारतमा निर्माण गरीएको उक्त मुर्ति १२ बटा ट्रक मार्फत ल्याईएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।

सरकारले गन्तव्यमा सूचीकृत गरेको पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माण गर्न लागीएको विशाल महादेव मूर्ति स्थापना गर्न स्थानिय स्तरमा महायज्ञ संचालन गरी संकलित रकम, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका , नेपाल पर्यटन बोडबाट आर्थिक सहयोग रहेको थियो । समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको पुम्दीकोटको पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने उदेश्यका साथ नेपालकै आकर्षण बसेको शिव महादेवको मुर्ति स्थापना गर्न लागीएको अध्यक्ष बरालले बताउनुभयो ।पुम्दीकोटलाई विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना सहित विशाल महादेव मूर्ति सहितका धार्मीक संरचना निर्माण कार्यलाइ तिब्रता दिईएको छ ।

करीब ४० करोडको लागतमा पुम्दीकोटमा विशाल महादेवको बसेको मुर्ति सहित अन्य भौतीक संरचना निर्माण गर्न लाग्ने अनुमान गरीएको छ । पुम्दीकोटमा स्थापना गर्न लागीएको महादेवको मुर्तिका लागी काठमाण्डौ निवासी उद्योगपति एवम् धार्मीक व्याक्तित्व तथा हिलटेङक प्रा.लिका निर्देशक कमल जयनको एकल सहयोग गर्नुभएको अध्यक्ष बरालले जानकारी दिनुभयो । हाल स्थापना गर्न लागीएको मुर्तीको ६० प्रतिशत काम सम्पन्न भएको जनाईएको छ । लकडाउनका कारण निर्माण कार्यमा केही असर गरेता पनी आगामी मंसिर महिना सम्ममा अन्य गरुयाेजना बाहेक मुर्तिसम्बन्धित सबै काम सक्ने ल्क्ष्य लिईएको छ । हाल भारतबाट ल्याईएको बसेको महादेवको मुर्ती भारतको राजस्थानकाका मुर्तिकार बिपुल अग्रवालले निर्माण गरेका हुन । महादेव मूर्ति प्रतिस्थापन गर्न लागीएको क्षेत्रमा करीब पाँच करोडको लागतमा भवन निर्माण सम्पन्न गरीएको छ । त्यस्तै सोही परीसर स्थलमा पूजा सामग्री बिक्री कक्ष, गुरू महाराज आश्रम गृहलगायतका संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण गर्न लागीएको मूर्ति वरपर १०८ शिवलिंग समेत र्निमाण गरि सकिएको छ । बसेको महादेवको मुर्ती स्थापना गर्न अझै करी २ महिना लाग्ने आयोजकको भनाई रहेको छ । यस अगी पुम्दीकोटमा शिव भगवानको १०८ फिट अग्लो पूर्ण कदसहितको मूर्ति स्थापना गर्ने समितिको लक्ष्य भए पनी नेपाल नागरिक उड्डयन प्राधिकरणले बसेको महादेवको पूर्ण कदको मूर्ति बनाउन लागिएको हो । धार्मीक एवम् मुर्ति स्थापना क्षेत्रको डिजाइनकालागि स्काईलाइन आर्किटेक प्रमुख प्रवीन लघुले तयार गरेका हुन । समितिले गुरूयोजना निर्माण गरी धार्मीक क्षेत्र निर्माण गर्न लागेको हो ।

गुरु योजना अन्तर्गत सो क्षेत्रमा १०८ स्वर्गद्वारी सिँढी, रूंगाटा बैकुण्ठ हल, गुरू महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थल लगायतका संरचना निर्माणलाई समेटिएको छ । धार्मीक क्षेत्रका लागी २२ रोपनी जग्गाको भोगाधिकार नेपाल सरकारबाट समितिलाई प्राप्त भइसकेको छ । गुरूयोजनाअनुसार सबै काम सम्पन्न गर्न ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको पुम्दीकोट कोट विकास समितिका सदस्य प्रकाश बरालले जानकारी दिनुभयो । पुम्दीकोट धार्मीक क्षेत्रबाट गण्डकी प्रदेशका मुख्य हिमालहरु धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण हिमालको एक साथ अवलोकन गर्न सकिने छ भने पोखराको फेवाताल समेत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई धार्मीक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने समितिको भनाई रहेको छ । प्रदेशसभा सदस्य रामजी बरालको पहलमा शान्ति मन्त्रालयबाट प्राप्त ६५ लाख बाट सो क्षेत्रमा भ्यूटावर निर्माण गरि सकिएको छ ।