पुर्ब मन्त्री बास्काेटा भन्छन् “अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।”

असार १६, प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जारी स्थायी कमिटीको बैठकमा भएको घेराबन्दीलाई पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियोजित हमला भनेका छन्।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन निर्वाचन आयोगमा परेको विषयले जारी स्थायी कमिटीको बैठकमा  खैलाबैला मच्चिएको छ। 

यही सन्दर्भलाई लिएर बाँस्कोटा बोलेका हुन्। ‘प्रधानमन्त्रीका कमजोरी होलान् तर, प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट श्रृङ्खला हुन्’, पूर्वमन्त्री बाँस्कोटाले भनेका छन्, ‘बदनाम, आक्रमण र ध्वस्त। चरणहरू यिनै हुन्। बाँकी धैर्यपूर्वक हेरौँ। अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।’