बर्दिवासमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

बैशाख २, गौशाला ।

बीपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

सप्तरीको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। २५ वर्षीय दुर्गानन्द चौधरी गम्भीर घाइते भई उनको उपचार बर्दिवासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

काठमाडौँबाट स ८ प ४३७६ नम्बरको मोटरसाइकलमा चढी दुवै जना सप्तरी जाँदै गर्दा बर्दिवास नपा–३ कालापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचारका क्रममा जीतेन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ।रासस