पाेखराका ५ जना महिलामा कोरोना संक्रमण पुष्टि ।

असार १३, कुबेतबाट पोखरा आएर क्वारेन्टिनमा बसेका ५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिकाले व्यवस्थापन गरेका नदिपुरमा रहेको क्वारेन्टिनमा बसेका महिलामा कोरोना पुष्टि भएको छ ।

संक्रमित महिलामध्ये २ जना असार ४ गते, २ जना ६ गते र १ जना ७ गते पोखरा आएर क्वारेन्टिनमा बसेका थिए । उनीहरु ३० देखी ४० बर्ष उमेर समुहका महिला रहेका छन् । संक्रमण पुष्टि भएका महिलाहरु पोखरा महानगरपालिका वडा नम्बर ३२ का २ जना, वडा नम्बर ५ ,१६, र १७ का १/१ जना रहेकाे पुष्टि भएकाे छ ।